बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

images
बिहीबार , असार २० २०८१
images
images
गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

आर्थिक वर्ष २०८१/८२ मा पालिकाले १८ लाख रूपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

images
images

जुम्ला- जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ। पालिकाले सोही आवमा ३४ करोड ५५ लाख ७५ हजार रूपैयाँ विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ।

images
images

समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए। चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ।

images
images

उनले भने, 'उक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व १६ लाख रूपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ११ लाख रूपैयाँमात्र उठेको छ।' आर्थिक वर्ष २०८१/८२ मा पालिकाले १८ लाख रूपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

images
images

महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट पाँच करोड एक लाख ४४ हजार रूपैयाँ बेरुजु देखिएको छ। रासस


प्रकाशित : बिहीबार , असार २० २०८११३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend