शनिबार, कात्तिक १७ गते २०८१    
images
images

त्रिवेणी ग्रुपले उत्पादन गर्ने अमृत ब्रान्डको तेलसहित ४ कम्पनीको उत्पादन गुणस्तरहीन

images
बिहीबार , असार २० २०८१
images
images
त्रिवेणी ग्रुपले उत्पादन गर्ने अमृत ब्रान्डको तेलसहित ४ कम्पनीको उत्पादन गुणस्तरहीन

मापदण्डमा नरहेका तेल तीन दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थित हुन पत्राचारसमेत गरिएको छ।

images
images

काठमाडौं- संघई परिवारको लगानी रहेको त्रिवेणी ग्रुपले उत्पादन गर्दै आएको अमृत ब्रान्डको तेल गुणस्तरहीन रहेको फेला परेको छ।

images
images
images

अमृत ब्रान्डसहित पक्वान र क्वालिटी ब्रान्डको तेलमा समस्या देखिएको हो। २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्राण्डको ब्याच/लट नम्बर ११ को रिफाइन सोयाबिन तेल गुणस्तरहीन फेला परेको हो।

images

त्रिवेणी ग्रुपले अृमत ब्रान्डको सनफ्लावर र तोरीको तेलसमेत उत्पादन गरिरहेको छ। अमृतको सनफ्लावर ब्रान्डको तेलमा समेत खराबी रहेको आशंका छ। यसको पनि परीक्षणका लागि नमुना संकलन भएको छ।

images

काठमाडौं महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा ब्रान्डमा नेपाल सरकारले तोकेको 'पेरोक्साइड भ्यालु' धेरै भएको पाइएको हो। जसमा अमृत ब्रान्डको तेलसमेत परेको हो।

यसरी मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्राण्डको ब्याच/लट नम्बर एस-२ को रिफाइन सोयाबिन तेल रहेको छ। यो श्रीराम रिफाइन्ड आयल प्राडक्ट मोरङको उत्पादन हो। 

यस्तै २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्राण्डको ब्याच/लट नम्बर ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच/लट नम्बर ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको हो। यी उत्पादनहरु क्रमशः अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रालि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि कटहरी विराटनगरका हुन्।  

यस्तै २०८० साल माघमा उत्पादन भएको, ब्याच/लट नम्बर १० को फेमिली ब्राण्डको आयातित तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए। यो शिवशक्ति घ्यू उद्योग जीतपुर बाराको उत्पादन हो।

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने ब्रान्डहरु हरेकलाई २ लाख रुपैयाँका दरले जरिबाना गराइएको छ। नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो। यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारबाही गरिएको हो। 

'नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ। यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो,' न्यौपानेले भने। 

यसरी मापदण्डमा नरहेका तेल तीन दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थित हुन पत्राचारसमेत गरिएको छ।  


प्रकाशित : बिहीबार , असार २० २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend