शनिबार, मंसिर ८ गते २०८१    
images
images

कुमारी बैंकलाई पैसा ह्याक गर्ने धम्कीपूर्ण इमेल, राष्ट्र बैंकलाई सबै प्रणाली सुरक्षित रहेको ब्रिफिङ

images
बिहीबार , पुस १५ २०७८
images
images
कुमारी बैंकलाई पैसा ह्याक गर्ने धम्कीपूर्ण इमेल, राष्ट्र बैंकलाई सबै प्रणाली सुरक्षित रहेको ब्रिफिङ
images
images

काठमाडौं- कुमारी बैंकलाई एक ह्याकरले सिस्टम ह्याक गरेर सबै पैसा निकाल्ने धम्कीसहितको इमेल पठाएको छ। साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की दिइएको हो। 

images
images
images

बिहीबार बिहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको थियो। अहिले सबै सुरक्षित रहेको भन्दै रोकिएको सेवा सुरू गर्ने तयारी गरेको बैंकले जनाएको छ। 

images

‘इमेल आएको बारेमा नेपाल राष्ट्र बैंकमा कुमारी बैंकले जानकारी गराएको छ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने।

images

कुमारी बैंकले सबै सिष्टम चेक गरेर सुरक्षित रहेकोसमेत राष्ट्र बैंकलाई जानकारी गराएको प्रवक्ता भट्टले बताए। यस्तै इमेल कुमारी बैंकलाई गत साउनमा समेत ह्याकर समूहले पठाएको थियो। 

धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जनाएको छ। बैंकले आफ्नो फेसबुक पेजमा दिउँसो एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिष्टम बन्द रहेको जनाएको छ। धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको छ।

कुमारी बैंकमा आएको चेतावनीपछि सम्पूर्ण बैंकलाई सतर्कता अपनाउन आग्रह गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष अनिल उपाध्यायले अहिलेसम्म कुनै बैंकमा पनि समस्या नआएको जानकारी दिए। 'हामीले सबैलाई सतर्कता अपनाउन आग्रह गरिसकेका छौँ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन', उनले भने। 


प्रकाशित : बिहीबार , पुस १५ २०७८१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend