बुधबार, मंसिर १२ गते २०८१    
images
images

आयुक्तको घरको पर्खालमा डोजर चलाएकै दिन ललितपुरका मेयर चिरिबाबु महर्जनलाई अख्तियारको पत्र

images
बिहीबार , असार २० २०८१
images
images
आयुक्तको घरको पर्खालमा डोजर चलाएकै दिन ललितपुरका मेयर चिरिबाबु महर्जनलाई अख्तियारको पत्र

मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियमविपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

images
images

काठमाडौं- मन्दिरको जग्गा मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा ललितपुर महानगरपालिकाले डोजर चलाएकै दिन अख्तियारले महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ।

images
images
images

आयुक्त सुमित्राकै जोडबलमा बुधबार हतारहतारमा पत्र काटिएको हो। बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि भन्दै बुधबार मेयर महर्जनलाई पत्र काटेर बोलाइएको अख्तियारले जनाएको छ।

images

मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियमविपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

images

उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ। तर अहिलेसम्म चुप लागेको अख्तियारले आयुक्तको घरको पर्खाल भत्काएकै दिन पत्र काटेर बोलाएको छ। 

मन्दिरको जग्गा मिचेको भन्दै बुधबार ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको थियो। ललितपुर महानगरपालिका-१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड (पर्खाल) बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो।

akhtiyar patra.jpg

डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले २०७८ असोज १ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेको महानगरपालिकामा पेस भएको कागजातबाट देखिन्छ। घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएका थिए। त्यसक्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ। स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए।

पछि त्यो ठाउँमा सहरी विकास मन्त्रालयले पार्क निर्माणको काम थालेको थियो। स्थानीय समुदाय र गुठियारले कुलपूजा गर्ने ठाउँमा समन्वय नगरी सहरी विकास मन्त्रालयले एकलौटी रूपमा पार्क बनाउन खोजेको भनी उजुरी परेको थियो।

ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय ज्यापु समुदाय र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको थिए। तर आग्रह अस्वीकार गरेपछि मन्दिरको जग्गा संरक्षणका लागि डोजर चलाएको महानगरले बताएको छ। गुठीको नाममा भएको जग्गामा आयुक्त अमात्यले संरचना बनाउन खोजेको र त्यसमा गुठियारहरूले रोकेका थिए।


प्रकाशित : बिहीबार , असार २० २०८११०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend