मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै

images
बुधबार, असार १९ २०८१
images
दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै

यहाँ पुल नहुँदा बर्सातको समयमा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो। पुल निर्माण सुरु भएपछि स्थानीय तथा यात्रुहरु खुसी भएका छन्।

images
images

दाङ- दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण सुरु भएको छ। 

images
images
images

घोराही उपमहानगरपालिका-१६ स्थित सेवार खोलामा २०८३ साल बैशाख ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो। पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर उपेन्द्र दासले तीन करोड ५० लाख रूपैयाँको लागतमा तीन वर्षभित्र पुल निर्माण गर्नेगरी रायमाझी निर्माण सेवा प्रालि काठमाडौंले काम सुरु गरेको जानकारी दिए। उनले ७० मिटर लम्बाइ र २० दशमलव पाँच मिटर चौडाइको पुल बनिरहेको बताए।

images
images

यहाँ पुल नहुँदा बर्सातको समयमा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो। पुल निर्माण सुरु भएपछि स्थानीय तथा यात्रुहरु खुसी भएका छन्। तुलसीपुर निवासी रामचन्द्र केसीले भने, 'बर्सातमा भेल आउँदा वारपार गर्न निकै समस्या हुने गरेको छ। पुल निर्माण सुरु भएपछि समस्या समाधान हुनेछ। निर्धारित समयमै पुल निर्माण गर्न हाम्रो आग्रह छ।'

images
images

घोराही-तुलसीपुर सडकखण्डका अधिकांश खोलामा पुल बनिसकेका छन्। सेवार खोला र हापुर खोलामा पुल निर्माण गर्न बाँकी छ। सेवार खोलामा पुल निर्माण सुरु भए पनि हापुर खोलामा कहिले पुल निर्माण हुने हो टुंगो छैन।

यसअघि तुलसीपुर-लमही सडकखण्डअन्तर्गत कटुवा खोला, बबई खोला, गुर्जे खोला, सिस्ने खोला, पत्रे खोला, कालाखोला, ग्वारखोला र सक्राम खोलामा पुल निर्माण भइसकेका छन्। रासस


प्रकाशित : बुधबार, असार १९ २०८११७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend