बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाखभन्दा बढी भुक्तानी

images
बुधबार, असार १९ २०८१
images
images
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाखभन्दा बढी भुक्तानी

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ।

images
images

हुम्ला- जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ।

images
images

उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ (५) मा विपरीत उक्त आर्थिक वर्षमा ७३ लाख १३ हजार तीन सय रूपैयाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ।

images
images

उक्त रकम घरभाडाबापत एक लाख ९६ हजार ५ सय ६० रूपैयाँ, बैठक भत्ता ४० हजार रूपैयाँ, राहत वितरण एक लाख ३५ हजार रूपैयाँ, इन्धनमा ३५ हजार रूपैयाँ, कार्यालय सामान खरिदमा एक लाख रूपैयाँ, अनुगमन भत्ता दुई लाख रूपैयाँ, विद्युतीय सामग्री खरिदमा तीन लाख ९० हजार रूपैयाँ खर्च भएको छ।

images
images

यसैबीच, सिमकोट गाउँपालिका- १ र २ को ठेहे गाउँस्थित पञ्चमुखी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिइएको छ। सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता परियोजनाले मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सरसफाइबारे प्रशिक्षण दिएको हो।

कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयका हरेक विद्यार्थीलाई एउटा हातधुने साबुन पनि वितरण गरिएको थियो। रासस


प्रकाशित : बुधबार, असार १९ २०८११७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend