शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया झनै लम्बियो, पुरानो रद्द गरेर नयाँ प्रक्रिया

images
बिहीबार , पुस १५ २०७८
images
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया झनै लम्बियो, पुरानो रद्द गरेर नयाँ प्रक्रिया
images
images

काठमाडौं- सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि पुनः नयाँ प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालयले बिहीबार सूचना निकाल्दै नयाँ प्रक्रिया सुरु गरेको हो। अर्थ मन्त्रालयले यसअघि निकालेको सूचनालाई रद्द गर्दै नयाँ सूचना निकालेको हो।

images
images
images

बोर्डमा अध्यक्ष नियुक्तिको लागि भन्दै मन्त्रालयले यसअघि पनि आवेदन माग गरेको थियो। जसमा १२ जनाले आवेदन दिएका थिए। पहिले आवेदन दिएकालाई पनि पुन: आवेदन दिन भनिएको छ। सूचनाअनुसार पहिले आवेदन दिएकाले नाम फिर्ता लिन चाहेमा निवेदन दिएर आवेदन शुल्क फिर्ता लिन सक्नेछन्। 

images
images

बोर्डमा अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले १५ दिने सूचना निकालेको छ। धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ। 

images
images

आवेदन दिन धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम देहायको योग्यता भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको र आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भइ ६० वर्ष ननाघेको हुनुपर्ने छ।

dhitopatra.jfif

 


प्रकाशित : बिहीबार , पुस १५ २०७८०६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend