मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

कसले कति बुझ्छन् सामाजिक सुरक्षा भत्ता?

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
images
images
कसले कति बुझ्छन् सामाजिक सुरक्षा भत्ता?

सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्नु पर्ने कानूनी व्यवस्था भए पनि संसद नभएको कारण अध्यादेशमार्फत बजेट ल्याउँदै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बृद्धि गरेको थियो।

images
images

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटले वृद्धि गरेको रकमसहित सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।

images
images
images

सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्नु पर्ने कानूनी व्यवस्था भए पनि संसद नभएको कारण अध्यादेशमार्फत बजेट ल्याउँदै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बृद्धि गरेको थियो।

शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले बजेट अध्यादेश २०७८ लाई संशोधन गर्दै अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विध्येकको अन्तिम रूप दिँदैछ। तर, सामाजिक सुरक्षा भत्ताको विषय भने संशोधन नहुने भएको छ।

images

कसले कति पाउँछन्?

images

जेठ नागरिक ७० वर्ष उमेर नाघेकाले ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने छन्। भदौ १६ गते बसेको मन्त्रिपरिषद्को वैठकले यस्तो निर्णय गरेको हो।

यसैगरी, ६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाका नागरिक र ६० वर्ष उमेर पुगेका देशभरका दलित नागरिकले २ हजार ६ सय ६० रुपैयाँ र विवाह नगरी बसेका ६० वर्ष  पुगेका, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेका नागरिकले पनि २ हजार ६ सय ६० रुपैयाँ भत्ता पाउने छन्।

यसैगरी,पतिको मृत्यु भएका जुनसुकै उमेरमा महिलाले २ हजार ६ सय ६०, पूर्ण अपाङगता भएका नागरिकले २ हजार १ सय २८ रुपैयाँ र लोपोन्मुख आदिबासी जनजातीले ३ हजार ९ सय ९० रुपैयाँ भत्ता पाउँछन्।

यसैगरी बालबालिकाले मासिक ५ सय ३२ रुपैयाँ पाउँछन्।

samajik surakxya bhatta.jpeg
undefined


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०६:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend