बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

images
बुधबार, असार १९ २०८१
images
images
सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
फाइल तस्बिर

सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेबल पुलमा क्षति पुगेको छ। विस्थापितहरु आफन्तकहाँ आश्रय लिएर बसेका छन्।

images
images

किमाथांका- सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन्। बाढीपहिरोबाट २० गोठ भत्किएका छन्।

images
images

मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्। सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ। विस्थापितहरु आफन्तकहाँ आश्रय लिएर बसेका छन्।

images
images

पहिरोले कोशी राजमार्ग अन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काले जानकारी दिए। बाढीपहिरोबाट मकालु गाउँपालिका-२ सागसेवा र मूलगाउँमा २४ परिवार विस्थापित भएका छन्। बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत् पोलमा क्षति पुगेको छ। 

images
images

बाढीपहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ। जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको प्रजिअ खड्काले बताए। रासस


प्रकाशित : बुधबार, असार १९ २०८११३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend