शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

२१ दिनका लागि ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बुधबार, असार १९ २०८१
२१ दिनका लागि ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।

बैंकिङ प्रणालीमा निक्षेप बढ्ने तर कर्जा लगानी नहुने अवस्था भएपछि राष्ट्र बैंकले २१ दिनका लागि एकैपटक ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो। 

असार १९ गते दिनको ३ बजेसम्म उक्त उपकरणमा बैंक वित्तीय संस्थाहरुले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। यस उपकरणमा लगानी गर्ने बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले ९ गते साँवा ब्याज भुक्तानी गर्नेछ। 

यस उपकरण खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी मात्रै सहभागी हुन सक्ने छन्।

राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ प्रणालीमा करिब ६३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ५१ खर्ब ४९ अर्ब कर्जा प्रवाह भएको छ।

बैंक वित्तीय संस्थाको औषत कर्जा निक्षेप अनुपात ७९.१८ प्रतिशत रहेको छ। बैंकहरुको अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

अल्पकालीन ब्याजदरतर्फ २८ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर २.९९ प्रतिशत, ९१ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ३ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ३.०४ प्रतिशत र ३६४ दिने ट्रेजरी बिलको ब्याजदर ३.१९ प्रतिशत कायम भएको छ।


प्रकाशित : बुधबार, असार १९ २०८१११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend