मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध

images
बुधबार, असार १९ २०८१
images
images
पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध

सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन्।

images
images

बागलुङ- सालझण्डी-ढोरपाटन सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

images
images
images

ढोरपाटन नगरपालिका-९ भुसुण्डेमा पहिरो गएको हो। सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन्। अहिले पनि सो क्षेत्रमा वर्षा भइरहेको छ।

images

बुर्तिबाङ बजारहुँदै ढोरपाटन पुग्ने सडकको अन्य ठाउँसमेत पहिरो गएको ढोरपाटन नगरपालिकाका कार्यबाहक प्रमुख धनबहादुर कायतले जानकारी दिए। 'ठाउँ-ठाउँमा पहिरो झरेको छ, सडक खुलाउने प्रयास गरिरहेका छौँ', उनले भने।

images
images
images

बुर्तिबाङ हुँदै ढोरपाटन हिँडेका पर्यटक बोबाङ र सुप्राङ गाउँमा अलपत्र परेका छन्। रासस


प्रकाशित : बुधबार, असार १९ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend