काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।
समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २२ रुपैयाँबाट बढेर २६ रुपैयाँ पुगेको छ। न्यू शक्ति नून एक किलोको १६ रुपैयाँ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ।
यस्तै भानू नून एक किलोको मूल्य ९ रुपैयाँ तोकिएको छ। साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको हो। साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ।