बुधबार, मंसिर १२ गते २०८१    
images
images

बेँसीसहर-चामे सडक खुल्यो, मनाङ खण्ड भने अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १९ २०८१
images
images
बेँसीसहर-चामे सडक खुल्यो, मनाङ खण्ड भने अवरुद्ध

लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ। मंगलबार राति चामे गाउँपालिका-१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन।

images
images

लमजुङ- अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मंगलबार साँझदेखि अवरुद्ध बेँसीसहर-चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ।  

images
images
images

यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-६ खरखरे र मर्स्याङ्दी गाउँपालिका-९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए।

images

लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ। मंगलबार राति चामे गाउँपालिका-१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन। रासस

images


प्रकाशित : बुधबार, असार १९ २०८११०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend