सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

सरकार फेरिने भएपछि कर्मचारीलाई चल्न छाड्यो जाँगर, मन्त्रीहरू सेटलमेन्टमा व्यस्त

images
बुधबार, असार १९ २०८१
images
images
सरकार फेरिने भएपछि कर्मचारीलाई चल्न छाड्यो जाँगर, मन्त्रीहरू सेटलमेन्टमा व्यस्त

कर्मचारीले काम गर्नै छाडेपनि मन्त्रीहरू भने आफूनिकट र आज्ञाकारी कर्मचारीमार्फत् अन्तिम सेटलमेन्टमा लागेका छन्। भुक्तानीदेखि नियुक्तिसम्मका काममा उनीहरू तल्लीन छन्।

images
images

काठमाडौं- नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सरकार बनाउने सम्झौता भएसँगै सत्ताको मुख्य केन्द्र सिंहदरबारको दैनिकी नै फेरिएको छ।

images
images

मन्त्रीहरू फेरिने हल्ला चलेपछि नियमितबाहेकका कामकाजमा चासो नदिने कर्मचारीहरू एकाएक फेरिएका छन्।

images
images

प्रत्येकजसो मन्त्रालयमा कर्मचारीहरूले सम्भावित मन्त्री र आफ्नो सरुवाको टार्गेट बनाइरहेका छन् भने कतिपयले मन्त्रालयभित्रै महाशाखा परिवर्तनका लागि योजना बनाउन थालेका छन्। 

images
images

सुविधाजनक ठाउँमा सरुवाका लागि लबिङ नगर्नेहरूले पनि खासै काममा जाँगर चलाउन छाडेका छन्। मन्त्री फेरिने हल्ला चल्नेवित्तिकै मन्त्रीलाई नै नटेर्ने प्रवृत्ति आम हो। ‘यो त सामान्य हो, अझ पहिलै हल्ला चलेको भए त्यतिबेलादेखि नै रोकिन्थ्यो। अहिले फाइल स्वीकृति र अन्तरमन्त्रालय समन्वयका प्राय सबै काम रोकिन्छन्’ एक सहसचिवले भने। 

कर्मचारीले काम गर्नै छाडेपनि मन्त्रीहरू भने आफूनिकट र आज्ञाकारी कर्मचारीमार्फत् अन्तिम सेटलमेन्टमा लागेका छन्। भुक्तानीदेखि नियुक्तिसम्मका काममा उनीहरू तल्लीन छन्। 

विशेषगरी अर्थ मन्त्रालयले पछिल्लो समय वर्षान्तमा रकमान्तरमात्र होइन वित्तीय अनुशासनको धज्जी उडाउँदै स्रोतसहितका फाइल आउन थालेका छन्। नयाँ आएका बजेट महाशाखा प्रमुख भएकाले अघि बढाउन सक्ने भएपनि अख्तियारको भयले यसमा खासै काम भइरहेको छैन। 

आफूनिकट निर्माण व्यवसायीको भुक्तानी, स्वार्थप्रेरित कार्यविधिको स्वीकृतिले तीव्रता पाउन थालेका छन्। संगठित रुपमै गर्नुपर्ने र गर्न सकिने कामका सूचीको ताँती लाग्न थालेको अर्थका एक कर्मचारीले बताए। 

मंगलबार बिहानैदेखि तारन्तर दबाब बढेपनि कर्मचारीले भने खासै रुची देखाएका छैनन्। 

त्यस्तै अरु मन्त्रालयमा पनि भुक्तानी र नियुक्तिका बाँकी काम छिटो फत्ते गर्न मन्त्री र कार्यकर्ताको भीडभाड बढ्न थालेको छ। विशेषगरी माओवादीबाट मन्त्री भएका मन्त्रालयमा यस्तो देखिएको छ। 


प्रकाशित : बुधबार, असार १९ २०८११०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend