सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

फुस्रेखोला देउराली सडकमा सात वर्षमा आधा काम

images
मंगलबार, असार १८ २०८१
images
images
फुस्रेखोला देउराली सडकमा सात वर्षमा आधा काम

संघीय सरकारले सुरु गरेको उक्त आयोजना तीन वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो। कुल १३ दशमलव चार किलोमिटर सडक निर्माणका लागि ३१ करोड रूपैयाँमा सिरुवा श्यामश्याम जेभी काठमाडौंले ठेक्का पाएको छ।

images
images

गण्डकी- आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङ्जाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ।

images
images

यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त गतिमा अगाडि बढ्दा स्थानीयवासी निराश छन्। सडक अनुगमन समितिका सदस्यसमेत रहेका स्थानीय राजकुमार गुरुङले सडक निर्माणमा स्थानीय बासिन्दाको सहयोग हुँदासमेत सरकारीस्तर र निर्माण व्यवसायीका कारण ढिलासुस्ती भएको गुनासो गरे।

images
images

'यो सडक यस क्षेत्रको समृद्धिसँग जोडिएको छ। हामीले छिटो निर्माणका लागि दबाब दिँदासमेत निर्माण कार्यले गति लिन सकेको छैन। त्यसैले तत्काल कामलाई तीब्रता दिन हाम्रो आग्रह छ', उनले भने।

images
images

संघीय सरकारले सुरु गरेको उक्त आयोजना तीन वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो। कुल १३ दशमलव चार किलोमिटर सडक निर्माणका लागि ३१ करोड रूपैयाँमा सिरुवा श्यामश्याम जेभी काठमाडौंले ठेक्का पाएको छ।

पूर्वाधार विकास कार्यालयका कन्सल्टेण्ट इञ्जिनियर धनप्रसाद सुवेदीले एकतर्फी पक्की नालासहितको सडक तोकिएको समयमा सम्पन्न नहुँदा पटकपटक समय थप गरिएको बताए।

पछिल्लोपटक २०८१ सालभित्र कार्यसम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ। सम्झौताअनुसार तीन सय मिटर ढलान र सबै सडक कालोपत्र गरिने योजना छ। 'समयमा रकम निकासा र निर्माण व्यवसायीको दृढ इच्छाशक्ति हुने हो भने आगामी एक वर्षभित्र बाटो निर्माण सम्पन्न हुनेछ। त्यसका लागि हामीले पनि दबाब दिइरहेका छौँ', सुवेदीको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, असार १८ २०८११३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend