सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न

images
मंगलबार, असार १८ २०८१
images
images
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न

निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी भइसकेको र ठेक्काबाट सञ्चालन भएका योजनाहरुको भने कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए।

images
images

जुम्ला- जुम्लाको तिला गाउँपालिकाले पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ६१ वटा विकासे योजना सम्पन्न गरिसकेको जनाएको छ।

images
images

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले ८३ मध्ये ६१ योजना निर्माणकार्य सम्पन्न भएको जानकारी दिए।

images
images

निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी भइसकेको र ठेक्काबाट सञ्चालन भएका योजनाहरुको भने कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने उनले बताए।

images
images

पालिकाले आर्थिक वर्ष २०७९/८० मा एक सय ६५ वटा विकास आयोजना सम्पन्न गरेको थियो। महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार तिलाका नौवटा वडा र पालिकास्तरमा गरी कुल एक सय ६५ योजना सम्पन्न भएका हुन्। तीमध्ये ५० लाखमाथिका १५, पाँच लाखदेखि ५० लाखसम्मका एक सय २० र पाँच लाखभन्दा कम लागतका ३० वटा आयोजना रहेका थिए। रासस


प्रकाशित : मंगलबार, असार १८ २०८११२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend