मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

हिमपातले बन्द भयो टेलिफोन र इन्टरनेट सेवा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १५ २०७८
images
images
हिमपातले बन्द भयो टेलिफोन र इन्टरनेट सेवा 

गाउँपालिकाको वडा नं १ गुर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासमा समेत हिमपात भएपछि आवतजावतसमेत रोकिएको छ।

images
images

गलेश्वर- दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका-१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ।

images
images

मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। 'हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ', अध्यक्ष छन्त्यालले भने।

images
images

त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन्। धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोसलगायतका बस्तीमा घरका छाना ढाकिएका छन् भने जमिन पूरै ढाकिएको छ। रुखसमेत हिउँले सेताम्मे बनेका छन्। हिउँ परेपछि कृषक खुसी भए पनि पशुपालन गर्ने किसान भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेका छन्। बुधबार म्याग्दीको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ।

images
images
images

घर र हिँड्ने बाटो पनि हिउँले पुरिएपछि स्थानीयवासीलाई निकै सकल भएको मुदीका बलबहादुर विकले बताए। समुद्री सतहदेखि तीन हजार २२० मिटर उचाइमा अवस्थित जिल्लाको अतिविकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्र भारी हिमपात भएको छ। गुर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपात छोपेका कारण गाउँको जनजीवन कष्टकर बनेको छ।

चिसो र हिमपातले बालबालिका, वृद्धवृद्धालाई जोखिम मुस्किल भएको छ। गाउँपालिकाको वडा नं १ गुर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासमा समेत हिमपात भएपछि आवतजावतसमेत रोकिएको छ। गूर्जामा लगातार हिमपात भए करिब चार फिटसम्म हिउँ जम्ने गरेको छ। रासस


प्रकाशित : बिहीबार , पुस १५ २०७८०५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend