आइतबार, भदौ २३ गते २०८१    
images
images

नयाँ विद्युतीय कार एल ईभी ०१ आउँदै : रेन्ज ५ सय किलोमिटर, मूल्य कति?

images
बुधबार, असार १९ २०८१
images
images
नयाँ विद्युतीय कार एल ईभी ०१ आउँदै : रेन्ज ५ सय किलोमिटर, मूल्य कति?

यो कारमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ। एल ईभी ०१ ९९ किलोवाट मोटर क्षमतामा आउने छ।

images
images

काठमाडौं- चीनबाट विद्युतीय कार ब्रान्ड नेपाल आउनेक्रम तीव्र नै छ। पछिल्लो पटक अर्को एउटा ब्रान्ड आउने तय भएको छ। नेक्स भेञ्चर प्रालिले एसयूभी सेगमेन्टको विद्युतीय कार ल्याउने भएको हो। 

images
images
images

विश्वको प्रतिष्ठित डिजाइन हाउस सांघाई लन्च आटोमोटिभले उत्पादन गरेको पहिलो प्रिमियम एसयूभी एल ईभी ०१ आउन लागेको हो। उक्त कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेतमा वेबोर ग्रुप अन्तर्गतको नेक्सन भेञ्चर प्रालि नियुक्त भएसँगै कम्पनीले कार ल्याउने प्रक्रिया थालिसकेको छ। 

सांघाई लाञ्च आटोमोटिभले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रिमियम एसयूभी एल ईभी आकर्षक डिजाइनसहित आउँदैछ। 

वेबर ग्रुपले नेपाली बजारमा एल ईभी ०१ को बिक्री छिट्टै सुरु हुने जनाएको छ। विद्युतीय सवारीको भविष्यतर्फको सकारात्मक कदमका रुपमा समूहले विद्युतीय सवारी आयात गरेर बिक्री गर्न लागेको जनाएको छ। 

images

वातावरणमैत्री ड्राइभिङ अनुभव उपलब्ध गराउने र नेपाली अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान गर्ने दाबीसहित सांघाई लन्च अटोसँग सहकार्य गरेको कम्पनीको भनाइ छ।

नेक्सन भेञ्चरले उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको छ। ग्राहकको विश्वास प्राप्त गर्न बिक्री पछिको सेवा र प्राविधिक सहयोग पनि उपलब्ध हुनेछ।

प्योर ईभी प्लेटफार्ममा निर्मित प्रिमियम विद्युतीय एसयूभी एल ईभी ०१ हो। यो कारको लम्बाई ४६ सय ४० एमएम, चौडाई १८ सय ७० एमएम र उचाई १६ सय ५५ एमएम रहेको छ। यो कारको ह्वीलबेस २७ सय ६० एमएम छ। 

१९ इन्चको अलोय ह्वील रहेको एल ईभी ०१ को ग्राउण्ड क्लियरेन्स १ सय ९० एमएम रहेको छ। 

यो कारमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ। एल ईभी ०१ ९९ किलोवाट मोटर क्षमतामा आउने छ। यो कारले एकपटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ। 

नेक्सन भेञ्चरले पहिलो चरणमा परीक्षणका लागि ३ वटा एल ईभी ०१ ल्याउने छ। परीक्षका लागि आउने कार फ्याक्ट्रीबाट नेपालतर्फ आउने प्रक्रियामा रहेको छ। परीक्षण सफल भएलगत्तै कम्पनीले बिक्रीका लागि एल ईभी ०१ आयात गर्नेछ। परीक्षणका लागि आउने कार अबको दुई सातामा काठमाडौं आइपुग्ने अनुमान गरिएको छ। 

विद्युतीय कारमा नेपाली बजार निक्कै प्रतिस्पर्धी भइसकेको छ। पछिल्लो समय ४० देखि ६० लाख मूल्यका ईभीको बाडी नै आएको छ। धेरै उपभोक्ताको रोजाइ पनि यही मूल्य सेगमेन्टका विद्युतीय कार नै हुने गरेको छ।  

एल ईभी ०१ पनि यही मूल्य सेगमेन्टमा आउने आनुमान गरिएको छ। नेक्सन भेञ्चरले अहिले नै मूल्य सार्वजनिक गरिसकेको छैन। दुई भेरियन्टमा उपलब्ध हुने यो कारको मूल्य ६० लाख रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ।


प्रकाशित : बुधबार, असार १९ २०८११८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend