सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

अख्तियारले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान र अभियोजन गर्न सक्ने

images
मंगलबार, असार १८ २०८१
images
अख्तियारले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान र अभियोजन गर्न सक्ने

यो व्यवस्थामा टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबदेखि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान तथा अभियोजनको अधिकार पाएको छ। 

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ मा तेस्रो संशोधन गर्दै अख्तियारको क्षेत्राधिकारको थप व्याख्या गरिएको हो। 

images
images

नियमावलीको नियम ६ मा थप गरिएको व्यवस्थाअनुसार सम्पत्ति शुद्धीकरणको विवरण तथा उजुरी लिनसक्ने भएको छ। त्यस्तै नियम १२ मा थप व्यवस्था गर्दै सम्पत्ति शुद्धीकरणको अनुसन्धान विधिको व्यवस्था पनि गरिएको छ। 

images
images

यो व्यवस्थामा टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ। 

भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको कुरा आएपछि अबदेखि अख्तियार आफैले अनुसन्धान गर्ने भएको छ। यसअघि यस्तो अवस्थामा अख्तियारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सूचना दिएर सहयोग गर्नुपर्ने अभ्यास रहेको थियो। 

सूचनाको आदानप्रदान प्रभावकारी नभएको भन्दै सरकारले अख्तियारलाई नै थप अनुसन्धान तथा अभियोजनको अधिकार दिएको हो। 


प्रकाशित : मंगलबार, असार १८ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend