सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १८ २०८१
images
रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा

हुम्लाका स्थानीय सोनाम लामाले भिस्याटमार्फत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति लिएपछि सेवा सुरु भएको थियो। सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरन क्षेत्र हो।

images
images

बाजुरा- नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्र स्थित रानीसैनमा भिस्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ।  

images
images
images

बाजुरा सदरमुकाम मार्तडीबाट गाडीमा एक दिन र यसपछि करिब चार दिन पैदल हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटबाट गाडीमा चार घण्टा र एक दिन पैदल हिँडेर यो स्थानमा पुग्न सकिने स्थानीयको भनाइ छ। 

images
images

सैपाल हिमाल क्षेत्रमा  रहेको सो भन्दा करिब २० किलोमिटर तल लाम्पाटा र माथि पाँच हजार पाँच सय मिटर उचाइमा पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो।

images
images

नेपाल टेलिकम प्राविधिक सहायक रामबहादुर खातीले रानीसैन क्षेत्रका करिब छ सय बासिन्दाले सहज तरिकाले टेलिफोन सेवा पाउने जानकारी दिनुभयो।

उनका अनुसार हुम्लाका स्थानीय सोनाम लामाले भिस्याटमार्फत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति लिएपछि सेवा सुरु भएको थियो। सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरन क्षेत्र हो।

यहाँ ६ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन। करिब तीन हजार छ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुने प्राविधिक सहायक खातीले बताए। 

भिस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानाबाट करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पुर्याइएको थियो।

दुर्गम तथा अतिविकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो।

चालु आवमा दार्चुलाको तिंकर, रसुवाको गोसाइँकुण्ड, सङ्खुवासभाको किमाथाङ्कालगायत स्थानमा भिस्याटमार्फत सेवा सञ्चालन गरिएको छ। रासस


प्रकाशित : मंगलबार, असार १८ २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend