सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १८ २०८१
images
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
फाइल तस्बिर

कोरिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन्।

images
images

बागलुङ- अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ।

images
images
images

बागलुङको जैमिनी नगरपालिका-५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा कोरिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन्। 

images
images

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेकोे बताए।

images
images

वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उनले जानकारी दिए। उनले भने, 'अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन, अहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ।'

यसैगरी कोरिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ। भारी वर्षाका कारण खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए। सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ। रासस


प्रकाशित : मंगलबार, असार १८ २०८१०९:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend