मंगलबार, भदौ २५ गते २०८१    
images
images

बैंकको ऋण तिर्न उद्योग प्रतिष्ठानले एकपटकका लागि हदबन्दीभन्दा बढीको जग्गा बिक्रीमा अनुमति पाउने

images
सोमबार, असार १७ २०८१
images
images
बैंकको ऋण तिर्न उद्योग प्रतिष्ठानले एकपटकका लागि हदबन्दीभन्दा बढीको जग्गा बिक्रीमा अनुमति पाउने

पछिल्लो समय प्राय सबै उद्योग प्रतिष्ठान आर्थिक संकटमा छन् र त्यसको कारण महामारी र पछिल्लो समयको शिथिलता नै हो।

images
images

काठमाडौं- सरकारले 'भूमिसम्बन्धी ऐन २०२१' लाई संशोधन गर्दै तोकेको सर्त पूरा गरी बैंकको ऋण तिर्न उद्योग प्रतिष्ठानले एकपटकका लागि हदबन्दीभन्दा बढीको जग्गा बिक्रीमा अनुमति पाउने व्यवस्था गरेको छ।

images
images
images

सरकारले ९ वटा ऐन एकसाथ अध्यादेशबाट संशोधन गरेको हो। जसमा लगानी सहजीकरण सम्बन्धमा केही नेपाल ऐन संशोधन अध्यादेश संसदबाट समेत पारित भएको छ।

अध्यादेश संसद चलेको ६० दिनभित्र संसदबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ। सोहीअनुसार सोमबार केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको थियो। संसदबाट बहुमतले उक्त विधेयक पारित गर्दै ऐनको अंग बनेको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन्। 

हदबन्दीभन्दा धेरै जग्गा चलनभोग गर्दै आएका उद्योग प्रतिष्ठानले यसअघि उद्योग बन्द हुँदामात्र दायित्व भुक्तानका लागि जग्गा बिक्रीको अनुमति पाउने व्यवस्था थियो तर अहिले ऐनको दफा १२ 'ग' को '३' थप गर्दै ऋण तिर्नका लागि हदबन्दीभित्रको जग्गा बिक्रीको अनुमति दिने व्यवस्था गरिदिएको छ। 

images

यसरी जग्गा बिक्रीको अनुमति पाउनका लागि केही सर्त तोकिएको छ। कुनै पनि उद्योग प्रतिष्ठान चालु अवस्थामा हुनुपर्ने छ, सञ्चालनको निरन्तरताको सुनिश्चितता, रोजगारी र उत्पादकत्व नघट्नेगरी बैंक तथा वित्तीय संस्थाको ऋण दायित्व भुक्तान गर्ने प्रायोजनका लागि अनुमति हुने छ। तर यो एकपटकका लागिमात्र हुने छ।

यो व्यवस्थाले गर्दा ऋण दायित्व भुक्तान गर्न नसकेका धेरै उद्योग प्रतिष्ठानले जग्गा बिक्री गर्न पाउने भएका छन्। यसबाट हदबन्दी उपयोग गरिरहेकाहरू अधिकांश लाभान्वित हुने भएका छन्। 

हदबन्दीभन्दा बढीको जग्गा अहिले चालु अवस्थामा रहेका उद्योगले बिक्री गर्न पाउँदैनन्। कुनै पनि प्रतिष्ठानले हदभन्दा बढीको जग्गा उपभोग गरेको अवस्थामा उचित आदेशअनुसार सञ्चालन भएको मानिन्छ। यस्ता उद्योग बन्द हुने अवस्था भएमा त्यसरी बन्द हुँदामात्र दायित्व फरफारक गर्ने उद्देश्यले बिक्रीको अनुमति पाउँछन्। 

यस्तो अनुमति पनि सरकारले नै दिनुपर्ने मौजुदा कानूनी व्यवस्था रहेको छ। भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ 'ग' मा यसरी हदबन्दीभन्दा माथिको जग्गाको भोगचलन अनुमति पाएकाहरूले बिक्री वितरण तथा सट्टापट्ट गर्न पाइने व्यवस्था गरिएको छ। तर उक्त व्यवस्था संशोधन गर्दै कोभिड महामारीका कारणले गर्दा समस्यामा परेका प्रतिष्ठानले कुनै एक उद्देश्यका लागि एक पटक बिक्री गर्न अनुमति पाउने व्यवस्था गरिएको छ। 

महामारी र मन्दीका कारणले आर्थिक संकट भोगेका उद्योग प्रतिष्ठानले जग्गा बिक्री गरेर अवस्था सुधार गर्ने मार्गचित्र प्रस्तुत गर्न सकेको अवस्थामा मात्र यो प्रभावकारी हुने भनिएपनि जग्गा बिक्री गर्ने केही व्यक्तिको स्वार्थ रहेको देखिएको छ। यसमा निश्चित व्यावसायिक घरानाको स्वार्थपूर्तिका लागि यो व्यवस्था गर्न खोजिएको प्रष्ट छ।

पछिल्लो समय प्राय सबै उद्योग प्रतिष्ठान आर्थिक संकटमा छन् र त्यसको कारण महामारी र पछिल्लो समयको शिथिलता नै हो।


प्रकाशित : सोमबार, असार १७ २०८१२१:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend