काठमाडौं- बिहीबार नेपाल बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ। बुधबार ९२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९२ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाा घटेके छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।