काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। आज रातीदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो।
इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य बढाएको निगमको भनाइ छ।
नेपालमा पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो। नयाँ मूल्य आइतबार मध्यरातदेखि लागु हुने छ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।