सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक २०८१ पारित

images
आइतबार, असार १६ २०८१
images
प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक २०८१ पारित

प्रतिनिधिसभाको आइतबारको बैठकले सांसद प्रेम सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।

images
images

काठमाडौं- प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ।

images
images
images

सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

images
images

विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिएका थिए। बैठकले सांसद सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।

images
images

त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो।

प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ। रासस


प्रकाशित : आइतबार, असार १६ २०८११७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend