शुक्रबार, असोज ४ गते २०८१    
images
images

अर्थ मन्त्रालयमा अचम्मको दृश्य - बजेटको मुखमा महाशाखा प्रमुखले किन मागे सरुवा?

images
शुक्रबार, भदौ २५ २०७८
images
images
अर्थ मन्त्रालयमा अचम्मको दृश्य - बजेटको मुखमा महाशाखा प्रमुखले किन मागे सरुवा?

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी लिएका सहसचिव भूपाल बरालले आफूलाई त्यहाँबाट हटाइदिन मन्त्री शर्मा र अर्थसचिव मधुकुमार मरासिनीलाई आग्रह गरेका छन्। 

images
images

काठमाडौं- अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विध्येकलाई अन्तिम रूप दिँदैछ। बजेटको संरचनादेखि करका दरसम्म हेरफेर गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्। 

images
images
images

बजेटको काम सकिनै लाग्दा यससँग सम्बन्धित जिम्मेवारी लिएका सहसचिवले भने सरुवा मागेका छन्। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी लिएका सहसचिव भूपाल बरालले आफूलाई त्यहाँबाट हटाइदिन मन्त्री शर्मा र अर्थसचिव मधुकुमार मरासिनीलाई आग्रह गरेका छन्। 

मन्त्रीको टिमले आफूलाई काम गर्न नदिएको भन्दै बरालले सरुवा गरिदिन भनेका हुन्। अर्थ मन्त्रालयका कर्मचारीहरू बरालको प्रस्ताव सुनेर अचम्ममा परेका छन्। मन्त्री शर्माले केही दिनअघि मात्रै सहसचिव सुमन दाहाललाई हटाएर बराललाई यो जिम्मेवारी दिएका थिए।

किन बिग्रियो माहोल?

images

अर्थमन्त्री शर्माले बजेटको काम मन्त्रालयभित्रको संचरनालाई गर्न दिएनन्। मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले मन्त्रालयको संरचनालाई बाइपास गरेर बजेटको काम अघि बढाएपछि सहसचिवहरू रुष्ट भएका हुन्। त्यसमध्ये बजेटका प्रमुखले सरुवा मागेका हुन्। 

उप्रेतीले बजेट महाशाखा प्रमुखलाई थाहै नदिइ बजेट परिमार्जन गरेका छन्। आफूले बनाएको कार्यक्रम एकाथरी र मन्त्रीको टिमले बनाएको काम अर्कोथरी भेटेपछि सरुवा गरिदिन भनेका हुन्। 

उप्रेती नेतृत्वको टोलीले राजस्वका दरहरू हेरफेर गरेको छ। तर राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल यसबारे बेखबर छन्। 'रामेश्वर सरले सल्लाहकारको कोठाभित्र छिर्ने अनुमति पनि पाउनु भएको छैन,' स्रोतले बिजनेस न्यूजसँग भन्यो।

स्थापित परम्परा तोडियो

बजेटको तयारीका लागि अर्थ मन्त्रालयले वरिष्ठतम सहसचिव नेतृत्वमा समिति बनाएर नै काम गर्ने गरेको थियो। तर यसपटक वरिष्ठतम सहसचिव दंगालले कोर टिममा प्रवेश नै पाएनन् भने बजेट महाशाखा प्रमुख नै असन्तुष्ट बनेर सरुवा मागिरहेका छन्। 
बजेट लेखनको काम जुनियर सहसचिव इश्वरी अर्यालले गरिरहेका छन्।

उनी भन्सार विभागको उपमहानिर्देशक हुन्। उनलाई आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख जनकराज शर्माले सहयोग गरिरहेका छन्। उनलाई काजमा मन्त्रालय ल्याइएको छ।

'अर्थमन्त्रीले जथाभावी गर्न खोज्दा सचिवले रोक्नुपर्ने हो,' स्रोत भन्छ, 'योपटक सचिवले आफ्नो भूमिका देखाउन सक्नु भएन।'


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend