सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

भन्सार दरमा धेरै हेरफेर गरिएको छैन : अर्थमन्त्री पुन

images
आइतबार, असार १६ २०८१
images
भन्सार दरमा धेरै हेरफेर गरिएको छैन : अर्थमन्त्री पुन

छलफलमा सांसद राजेन्द्रकुमार केसीले खाद्यान्न र फलफूलमा महँगो भन्सार शुल्क नलगाउन आग्रह गरेका थिए।

images
images

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले भन्सार दरहरु धेरै हेरफेर नगरिएको बताए।

images
images

उनले आर्थिक विधेयकको अभिन्न अंगका रुपमा भन्सार महसुलसम्बन्धी व्यवस्थित कानून ल्याउन गरिएको सुझाव कार्यान्वयनका लागि बेग्लै विधेयक ल्याएको स्पष्ट गरे। मन्त्री पुनले भन्सारबिन्दुमा सामान आयात गर्दा न्यूनतम भन्सार लिने र क्रमशः मुलुकको उत्पादनवृद्धि गरी आत्मनिर्भर हुने अवस्थामा जाने सिद्धान्तका आधारमा विधेयक ल्याइएको बताए।

images
images

छलफलमा सांसद राजेन्द्रकुमार केसीले खाद्यान्न र फलफूलमा महँगो भन्सार शुल्क नलगाउन आग्रह गरेका थिए।

विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए। रासस


प्रकाशित : आइतबार, असार १६ २०८११७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend