सोमबार, भदौ २४ गते २०८१    
images
images

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत छ : अर्थमन्त्री

images
आइतबार, असार १६ २०८१
images
images
सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत छ : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा सांसदलाई जवाफ दिँदै नयाँ विकास साझेदार नीति लिइएको पनि अवगत गराए।

images
images

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाएर रोजगारी वृद्धिमार्फत समृद्धि हासिलको यात्रामा सरकार अग्रसर भएको बताए।

मन्त्री पुनले वित्त आयोगको सिफारिसका आधारमा खर्च परिचालन तथा ऋण व्यवस्थापन गर्दै आएको जानकारी गराउँदै विकास सहायता कार्यक्रम सम्झौता गर्दा कार्यान्वनसम्बन्धी योजनासँगै समावेश गर्ने नीति लिइएको स्पष्ट गरे।

उनले राजस्व परिचालबाट मात्रै खर्च व्यवस्थापन गर्न नसकिएकाले आन्तरिक र बाह्य ऋण लिनुपरेको उल्लेख गर्दै सार्वजनिक ऋण वाञ्छनीय सीमाभित्रै रहेको बताए। उनले नयाँ विकास साझेदार नीति लिइएको पनि अवगत गराए। रासस

images


प्रकाशित : आइतबार, असार १६ २०८११६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend