मंगलबार, भदौ २५ गते २०८१    
images
images

नासोँमा पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान

images
आइतबार, असार १६ २०८१
images
images
नासोँमा पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङका अनुसार प्रतिविद्यार्थी ५० हजार रूपैयाँ गाउँपालिकाले उपलब्ध गराउनेछ।

images
images

मनाङ- जिल्लाको नासोँ गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ। गाउँपालिकालले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि ५० हजार रूपैयाँ अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

images
images
images

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताए। उनका अनुसार प्रतिविद्यार्थी ५० हजार रूपैयाँ गाउँपालिकाले उपलब्ध गराउनेछ।

उनले भने, 'हिमाली जिल्ला भएकाले पर्यटन तथा पर्वतारोहण विषय महत्वपूर्ण छ। यहाँको स्थानीयबाट नै प्रवर्द्धन गर्न टेवा पुग्नेछ।' यस विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नकै लागि अनुदानको व्यवस्था गरिएको अध्यक्ष धनबहादुरले बताए।

गाउँपालिकाले बाल बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभु बैंक नासोँ शाखाको सहकार्यमा कक्षा १ मा अध्ययनरत बालबालिकालाई प्रतिविद्यार्थी दुई हजार रूपैयाँका दरले खाता खोली बालबचत कार्यक्रम सञ्चालन गर्ने भएको छ।

images

शैक्षिक सत्र २०८१ साउनबाट कक्षा ३ मा प्रकाशज्योति विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्राविधिक धारका विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई एक लाख रूपैयाँ छात्रवृत्ति प्रदान गरिने उपाध्यक्ष वेदबहादुर गुरुङले बताए।

उनका अनुसार शैक्षिक सत्र २०८१ मा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट एसईईमा ‘ए प्लस ग्रेड’ ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप जनही २० हजार रूपैयाँ पुरस्कार वितरण गरिनेछ।

प्रकाशज्योतिलाई सिक्ने, टिक्ने र विक्ने शैक्षिक केन्द्रका रुपमा नमूना विद्यालयका रुपमा विकास गरी सबैको रोजाइ विद्यालयमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ। रासस


प्रकाशित : आइतबार, असार १६ २०८११६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend