काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका-६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घुस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा उपस्थित भइ गलत बकपत्र गरेको आयोगको भनाइ छ।
आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग सात हजार रूपैयाँ घुससहित पक्राउ गरेको थियो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत बकपत्र दिइ कानूनविपरीतको गतिविधि गरेको अभियोगमा पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। रासस