बुधबार, जेठ २ गते २०८१    
images
images

एमसीसीको विषयमा उद्योग वाणिज्य महासंघ नै विभाजित, अध्यक्ष गोल्छाले एक्लै निर्णय गरेको आरोप

images
बुधबार, पुस १४ २०७८
images
images
एमसीसीको विषयमा उद्योग वाणिज्य महासंघ नै विभाजित, अध्यक्ष गोल्छाले एक्लै निर्णय गरेको आरोप

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको वैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर विवाद भएको छ। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर विवाद भएको छ। 

images
images
images

बैठकमा अध्यक्ष शेखर गोल्छालाई संस्थागत धारण भन्दै एमसीसीको विषयमा नबोल्न सदस्यहरूले सुझाव दिएका छन्। गोल्छाले एमसीसी छिटोभन्दा छिटो पास गर्नुपर्ने महासंघको धारण रहेको भन्दै आएका थिए। महासंघसहित निजी क्षेत्रले एमसीसी छिटाे कार्वन्वयन गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका छन्। 

images

यो राजनैतिक विषयमा महासंघको साझा धारणा हुन नसक्ने हुँदा आफ्नो अनकुल नबोल्न अधिकाश सदस्यहरूले सुझाव दिएका छन्। साथै महासंघको धारणा नै अध्यक्षले बोल्दै आएको विषय हो भने कहाँ निर्णय भएको छ त्योसमेत सदस्यहरूले जानकारी गराउन माग गरेका छन्।

images
images

यसैगरी लेखा परिक्षण फाइलमा समेत विरोध भएको छ। लेखा परिक्षणका क्रममा कमजोरीहरू पूरा गरेर मात्रै समिति बैठकमा ल्याउनुपर्ने सुझाव सदस्यहरूले दिएका छन्।

images
images

यसैगरी अध्यक्ष गोल्छाले विधान संशोधनको प्रस्ताव पदाधिकारीबाट अनुमोदन गराएर मात्रै कार्यकारिणी समितिमा पेस गर्ने जानकारी दिएका छन्।

images

प्रकाशित : बुधबार, पुस १४ २०७८१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend