सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य

images
आइतबार, असार १६ २०८१
images
पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य

नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाएको बताए।

images
images

चितवन- यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन्। पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो।

images
images
images

किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो। उक्त समूहले अण्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो। गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो चारसय रूपैयाँ ९५ र मध्यम चारसय ७० रूपैयाँ पाउन थालेका छन्। 

images
images

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएको बताए। 'विसं २०७६ मा किसानले लागत मूल्य हाराहारी पाएका थिए। त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट चारसय पाँच रूपैयाँ पुगेको थियो।' त्यसपछिका दिनमा कोरोना महामारी, बर्डफ्लूलगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको उनको भनाइ छ।

images
images

विसं २०७९ असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर संघ गठन गरी बजारीकरण अभियान सुरु गरिएको थियो। त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट दुईसय ३० रूपैयाँ थियो। उक्त मूल्यमा अण्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए।

उनका अनुसार ७५ प्रतिशत लेयर्स कुखुरा पालक किसानले पेसा नै छाडेको अवस्था थियो। उनले भने, 'हामी संगठितरुपमा नलागेको भए अहिले दैनिक करोडौँको अण्डा बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुन्थ्यो।'

नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाएको बताए। पछिल्लो समय किसानले व्यावसायिक रुपमा ठूलो सङ्ख्यामा कुखुरा पालन गरेकाले माग धानिरहेको उनको भनाइ छ।

हाल अहिले ५० लाख लेयर्स कुखुरा रहेको र दैनिक २५ लाखभन्दा बढी अण्डा उत्पादन भइरहेको उनले जानकारी दिए। कुनै समय ६० लाख कुखुरा पुगेका थिए। किसान नै पेसाबाट बिमुख भएकाले कुखुराको सङ्ख्या घटेको उहाले बताए।

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल किसान संगठित भइ प्रधानमन्त्री, मन्त्री, सचिवलगायतका सरोकारवालाको ध्यानाकर्षण गराएका कारण अण्डाको अवैध आयात घटेको बताउँछन्। साथै पछिल्लो समय ऋणको ब्याजदर घट्दा पनि किसानलाई राहत पुगेको हो।

उनले भने, 'हाम्रो दुई वर्षको अथक प्रयासपछि किसानमा आशा पलाएको छ। पेसा व्यवसाय छोड्छु भनेकाहरुले समेत ऋण गरेर पुनः व्यवसायमा फर्किने तयारीमा छन्।' रासस


प्रकाशित : आइतबार, असार १६ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend