बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुवावेले सार्वजनिक गर्‍यो प्लगइन हाइब्रिड एसयूभी, ११९५ कीमी माइलेज दिने

बुधबार, पुस १४ २०७८
हुवावेले सार्वजनिक गर्‍यो प्लगइन हाइब्रिड एसयूभी, ११९५ कीमी माइलेज दिने

काठमाडौं- चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे पनि विद्युतीय कार निर्माणमा प्रवेश गरिसकेको छ। भविष्यको वैकल्पिक सवारीका रुपमा उदाएको विद्युतीय सवारी उत्पादनमा पुराना कार उत्पादकदेखि धेरै स्मार्टफोन निर्माता कम्पनीसम्म विद्युतीय कार उत्पादनमा आकर्षित भएका हुन्। 

हुवावेले हालै चीनमा आइटो एम५ प्लगइन हाइब्रिड एसयूभी सार्वजनिक गरेको हो। यो कार सार्वजनिक भएको ५ दिनमै ६ हजार वटाभन्दा धेरै बुकिङ गभइसकेको कम्पनीले जनाएको छ। 

यो कारमा आकर्षक र आरामदायी इन्टेरियर रहेको छ। हुवावेको अप्रेटिङ सिस्टम सहितको १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल डिस्पेसहित १०.४ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टरलगायत विशेषता यो कारमा छ। 

यो कारमा २ वटा विद्युतीय मोटर छन् जसमा रेयर ह्वील मोटरको अधिकतम पावर २ सय ४ एचपी र फोर ह्वील ड्राभइमा २ सय २४ एचपी पावर दिन्छ भने यसको कुल पावर ४ सय २८ एचपी रहेको छ। त्यसैगरि एम५ अटोमा १.५ लिटर टर्बोचाज्र्ड फोर सिलिन्डर इन्जिन छ जसले १ सय २५ एचपी पावर दिन्छ। 

आइटो एम५ मा इन्जिन चल्दा ४० केडब्लूएच ब्याट्री रिजार्च हुने जेनेरेटर समेत छ। समग्रमा यो कारले फुल ट्यांक इन्धन र ब्याट्री पावरले १ हजार १ सय ९५ किलोमिटर कुद्न सक्ने दाबी कम्पनीले गरेको छ। 

यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ४.४ सेकेन्डमै भेट्ने हुवावेले जनाएको छ। यो एसयूभी विभिन्न ६ रंगमा उपलब्ध छन्। 


प्रकाशित : बुधबार, पुस १४ २०७८११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend