सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

भूकम्पमा भत्किएका सम्पदा पुनर्निर्माण गर्दै ललितपुर महानगर

images
आइतबार, असार १६ २०८१
images
भूकम्पमा भत्किएका सम्पदा पुनर्निर्माण गर्दै ललितपुर महानगर
images
images

ललितपुर- भूकम्पबाट भत्केका मठमन्दिर, ढुंगेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रियरुपमा लागेको छ।

images
images
images

भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले बताए।

images
images

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रेभत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताए।

images
images

महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ।

ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गरेका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण भएका छन्। रासस


प्रकाशित : आइतबार, असार १६ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend