शनिबार, असोज ५ गते २०८१    
images
images

बागलुङका चार उत्कृष्ट किसान पुरस्कृत

images
शनिबार, असार १५ २०८१
images
images
बागलुङका चार उत्कृष्ट किसान पुरस्कृत

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई नगद दश/दश हजार रूपैयाँ नगदसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।

images
images

गलकोट- बागलुङका चार उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । 

images
images
images

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई नगद दश/दश हजार रूपैयाँ नगदसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ। 

सुन्तला खेतीतर्फ बागलुङ नगरपालिका-८ सिगानाका किसान अनन्तबहादुर खड्का, तरकारी खेतीतर्फ बागलुङ नगरपालिका-९ तित्याङका पदमबहादुर खत्री, स्याउ र आलु खेतीतर्फ ढोरपाटन-९ स्थित उत्तरगंगा अर्गानिक एग्रोका चिरनकुमार घर्ती र  बागलुङ नगरपालिका-१२ स्थित कालीगण्डकी दूग्ध उत्पादक सहकारीका कृष्णप्रसाद लाछिानेलाई सम्मान गरिएको ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए।

तरकारी, फलफूल र दूधलगायत उत्पादनको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने पुरस्कृति किसानहरुको भनाइ छ। सम्मानले कृषिकर्ममा लाग्न थप उत्साहित बनाएको कृषक खत्रीले बताए।

images

सुन्तला खेतीबाट एक वर्षमा पाँच लाख रूपैयाँ आम्दानी गर्दै आएका अनन्तबहादुर खड्काले पनि उचित मूल्य र बजारीकरणमा रहेका समस्या समाधानमा सरकारले सहजीकरण गरे थप सहज हुने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले कृषकको पीरमर्का बुझेर राज्यले नीति बनाउन आवश्यक रहेको बताए। रासस


प्रकाशित : शनिबार, असार १५ २०८११७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend