आइतबार, भदौ २३ गते २०८१    
images
images

हुन्डाईको इन्स्टर ईभी : यस्तो छ विशेषता र रेन्ज, कहिले आइपुग्छ बजारमा?

images
आइतबार, असार १६ २०८१
images
images
हुन्डाईको इन्स्टर ईभी : यस्तो छ विशेषता र रेन्ज, कहिले आइपुग्छ बजारमा?

दुई ब्याट्री अप्सनमा उपलब्ध हुने यो विद्युतीय कारमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरको ब्याट्रीमा आउने छ। यी दुई ब्याट्रीले एक पटकको फुल चार्जमा क्रमशः ३ सय र ३ सय ५५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित रहेको कम्पनीले दाबी गरेको छ।

images
images

काठमाडौं- कोरियाली कार उत्पादक कम्पनी हुन्डाई मोटर कर्पोरेसनले नयाँ इन्ट्री लेभल विद्युतीय सब कम्प्याक्ट एसयूभी सार्वजनिक गर्ने भएको छ। कम्पनीले हालै उक्त विद्युतीय कार विश्व बजारमा बिक्रीका लागि उपलब्ध हुने जानकारी गराएको हो।

images
images
images

विद्युतीय कारको बिक्री तथा माग संसारभर बढ्दै गइरहेकाले हुन्डाईले नयाँ विद्युतीय कार इन्स्टर विश्व बजारमा सार्वजनिक गर्ने घोषणा गरेको हो।

हुन्डाईकै भगिनी कम्पनी किया विद्युतीय कारमा आक्रामक भइरहँदा हुन्डाईले पनि क्रमिकरुपमा नयाँ-नयाँ मोडलका विद्युतीय कार ल्याउने तयारी गरिरहेको छ। त्यसैको कार्यान्वयन गर्दै हुन्डाईले नयाँ विद्युतीय कार र त्यसको विशेषता सार्वजनिक गरेको छ।

अहिले हुन्डाईले बिक्री गर्दै आएको एक्स्टर माइक्रो एसयूभीसँग मिल्दोजुल्दो देखिने इन्स्टर केही ठूलो देखिएको छ। यो विद्युतीय कारको बिक्री सुरु हुने मिति भने तय भइसकेको छैन। कम्पनीले कारको सबै जानकारी सार्वजनिक गरेकाले उत्पादन लाइनका लागि कार तयार भइरहेको हुनुपर्छ।

images

विशेषगरी भारतीय बजारमा क्रसओभर सेगमेन्टमा विद्युतीय कारको माग र प्रतिस्पर्धा बढेकाले पनि हुन्डाईले उक्त उत्पादन भारतीय बजारमा पनि चाँडै ल्याउन सक्छ।

त्यस्तै नेपाली बजारमा त अहिले विद्युतीय कारको बिक्री उल्लेख्यरुपमा बढेको छ। भारतमा आएलगत्तै वा भारतमा नआउँदै पनि हुन्डाई इन्स्टर नेपाली बजारमा आउन सक्छ।  

यो कारको लम्बाइ ३८ सय २५ एमएम, चौडाइ १६ सय १० एमएम र उचाई १५ सय ७५ एमएम रहेको छ। यसमा २५ सय ८० एमएमको ह्वीलबेस रहने हुन्डाईले गतसाता सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

दुई ब्याट्री अप्सनमा उपलब्ध हुने यो विद्युतीय कारमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरको ब्याट्रीमा आउने छ। यी दुई ब्याट्रीले एक पटकको फुल चार्जमा क्रमशः ३ सय र ३ सय ५५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित रहेको कम्पनीले दाबी गरेको छ। 

ब्याट्रीमात्रै होइन हुन्डाईले इन्स्टर ईभीमा मोटर पनि दुई फरक क्षमतामा उपलब्ध गराउने बताएको छ। जसमा ७१.१ किलोवाट र ८४.५ किलोवाट मोटर हुनेछ। कम्पनीले १५ र १७ इन्चको दुई टायर साइजमा कार बजारमा ल्याउनेछ। 

कम्पनीका अनुसार सानो ब्याट्री र सानो मोटर भएको मोडलको टप स्पीड क्षमता १ सय ४० किलोमिटर प्रतिघण्टा र ठूलो मोटर र ब्याट्री भएको भेरियन्ट १ सय ५० किलोमिटर प्रतिघण्टाको स्पीड तय गर्ने उल्लेख गरेको छ। 

सानो ब्याट्रीयुक्त इन्स्टरको चार्जिङ क्षमता भने निकै फास्ट रहेको छ। यसले १ सय २० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्ने भएकाले १० देखि ८० प्रतिशत चार्ज ३० मिनेटमै गर्न सकिने दाबी हुन्डाईले गरेको छ। 

कम्पनीले सुरक्षाको लागि दिएको एडासभित्र थुप्रै नयाँ विशेषताहरु समावेश गरेको छ। हुन्डाईले यसको बिक्री सुरु हुने मिति भने अहिलेसम्म घोषणा गरेको छैन। तर यो कार सेम्टेम्बरदेखि डिसेम्बरसम्मका बिक्रीका लागि उपलब्ध हुने अनुमान गरिएको छ। 

हुन्डाईले यो कार विश्व बजारकै लागि सार्वजनिक हुने बताएकाले चाँडै नेपाली बजारमा पनि आउने अनुमान गरिएको छ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको छ। हुन्डाई इन्स्टर ईभीले प्रत्यक्ष रुपमा टाटाको पन्च ईभीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। 


प्रकाशित : आइतबार, असार १६ २०८११५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend