सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

images
शनिबार, असार १५ २०८१
images
images
कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

प्रकाशशरण महतले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीररुपमा लिनुपर्ने उनले बताए।

images
images

नुवाकोट- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्।

images
images

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासंघले लिखु गाउँपालिका-६ मा आयोजना गरेको रोपाइँमा जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताए। 

images
images

'नयाँ प्राविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ', उनले भने, 'जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन्। यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ।'

images
images
images

किसानलाई मलको अभाव हुन नदिन प्रांगारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गरे।

'किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्', उनले भने, 'गोठमै बनाउन सकिने कम्पोष्ट मल र प्रांगारिक झोल मल बनाउन किसानाई सरकारको सहयोग आवश्यक छ।'

उनले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीररुपमा लिनुपर्ने उनले बताए। रासस 


प्रकाशित : शनिबार, असार १५ २०८११५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend