सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमले थाल्यो काम

images
शनिबार, असार १५ २०८१
images
images
एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमले थाल्यो काम

विपद्‌मा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्य नजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ।

images
images

काठमाडौं- विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) हरुले काम थालेका छन्। यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको एनसेलले जनाएको छ।

images
images

मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई सधैँ अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिबद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको जनाएको छ।

images
images

यी टोलीहरुले तदारुकताका साथ काम गरेका कारण असार १२ गते बुधबार कोशी, मधेस र गण्डकी प्रदेशका १५ भन्दा बढी जिल्लाका १ सय १६ मोबाइल टावर सञ्चालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशतभन्दा बढी टावरहरुलाई पुनः सञ्चालनमा ल्याउन सकिएको एनसेलले जनाएको छ।

images
images
images

हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरु र नेपाल विद्युत प्राधिकरणको खम्बा ढलेर विद्युत आपूर्तिमा असर परेको अवस्था थियो ।

आरआरटीहरुलाई विशेष रूपमा आपतकालीन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको एनसेलले जनाएको छ। वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यअनुरुप यी आरआरटीहरु गठन गरिएका हुन्।

'अहिलेको अवस्थामा विशेषगरी भारी वर्षाका कारण सेवा सञ्चालनमा असर पर्न गइ केही समयको लागि सेवाहरु अवरुद्ध हुन सक्छन्। यसै कुरालाई ध्यानमा राखि केही गरी अवरुद्ध भएमा यथासक्य चाँडो सेवा पुनः सञ्चालनमा ल्याउन र्‍यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ', एनेलले भनेको छ।

यसैगरी, एनसेलले विपद् पुर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ। विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।

विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्य नजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ। विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ। धेरै सेवाग्राही भएका ठाउँहरु र बाढीले असर गर्नसक्ने ठाउँहरुलाई लक्षित गरी एनसेलले आवश्यक तयारी गरेको छ। 

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ। गत वर्ष मात्र एनसेलले मावन जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो।

विभागको टोल-फ्रि सेवा ११५५ मा डायल गरेर बाढीसम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ।


प्रकाशित : शनिबार, असार १५ २०८११४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend