सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

images
शनिबार, असार १५ २०८१
images
images
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।

images
images

बागलुङ- गएराति भीषण वर्षासँगै खसेको पहिरोले दुईवटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन्।  

images
images

कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका-१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

images
images

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।

images
images
images

मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका-६ इनारपानी, गलकोट नगरपालिका-३ बतासे डाँडा, गलकोट नगरपालिका-९ गल्याङ र बडिगाड गाउँपालिका-२ हाँडीखोलामा पहिरोले रडक पूर्ण रूपले अवरुद्ध भएको छ।

पहिरोका कारण बागलुङ- कुश्मीशेरा सडकको दब्ल्याङ खण्ड पनि अवरुद्ध भएको छ। बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए। रासस


प्रकाशित : शनिबार, असार १५ २०८११२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend