सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

गुल्मी, स्याङ्जा र बागलुङमा पहिरोमा पुरिएर नौजनाको मृत्यु

images
शनिबार, असार १५ २०८१
images
images
गुल्मी, स्याङ्जा र बागलुङमा पहिरोमा पुरिएर नौजनाको मृत्यु
फाइल तस्बिर

बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा दुईजना घाइते भएका छन्।

images
images

काठमाडौं- गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। मालिका गाउँपालिका-६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो। 

images
images

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ। घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो।

images
images

स्याङ्जामा घर पुरिँदा आमाछोरीको मृत्यु

images
images
images

स्याङ्जामा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ। गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो।

पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घट्नास्थलमा रहेका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए। 'राति सुतेका बेला पहिरो खसेको हो', उनले भने। घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उनले बताए।

पहिरोले ढुंगामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ। पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ। 

बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा दुईजना घाइते भएका छन्। 

गलकोट नगरपालिका-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो। पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ। गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका-८ का वडासदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। रासस


प्रकाशित : शनिबार, असार १५ २०८११२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend