सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

शीतल निवासमा राष्ट्रपति पौडेलले रोपे धान

images
शनिबार, असार १५ २०८१
images
images
शीतल निवासमा राष्ट्रपति पौडेलले रोपे धान

राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी थिए।

images
images

काठमाडौं- एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ।

images
images

राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी थिए। रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए।

images
images
ramchandra poudel.jpg

'पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो। पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो। पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ', राष्ट्रपति पौडेलले भने, 'यसले पनि असन्तुलन भयो। त्यही भएर अब सन्तुलित खानपिनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ।' रासस

images
images
images


प्रकाशित : शनिबार, असार १५ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend