बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश 

बुधबार, पुस १४ २०७८
पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश 

न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई छलफलमा बोलाएको छ।

काठमाडौं- सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। 

बोर्डले सीईओ रेग्मीमाथि छानवीन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। सो निर्णयकाविरुद्ध रेग्मी अन्तरिम आदेश माग गर्दै अदालत गएका थिए। 

न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई छलफलमा बोलाएको छ।

प्रकाशित : बुधबार, पुस १४ २०७८११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend