सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुखमा कुन्दन अर्याल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १४ २०८१
images
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुखमा कुन्दन अर्याल

पेशागत पत्रकारिता र प्राज्ञिक क्षेत्र दुवैमा योगदान दिइरहेका अर्याल मानव अधिकारको क्षेत्रमा पनि क्रियाशिल छन्।

images
images

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुखमा सह-प्राध्यापक डा. कुन्दन अर्याल नियुक्त भएका छन्। त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो।

images
images
images

डा. अर्यालले ‘सन् १९९० पछि दलीय पक्षधरताबाट व्यापारिकतामा नेपाली छापा पत्रकारिताको संक्रमण’ शीर्षकमा विद्यावारिधि शोध गरेका छन् भने अंग्रेजी विषयमा दर्शनाचार्य गरेका छन्। पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट विद्यावारिधि गर्ने उनी पहिलो शोधार्थीसमेत हुन्।

images
images

विभिन्न सञ्चार माध्यममा नेतृत्वदायी भूमिका निर्वाह गरेका अर्यालका मानव अधिकार र प्रेस, छापामा कार्टुन लगायतका विभिन्न पुस्तक प्रकाशित छन्। उनी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्षसमेत हुन्।

images
images

पेशागत पत्रकारिता र प्राज्ञिक क्षेत्र दुवैमा योगदान दिइरहेका अर्याल मानव अधिकारको क्षेत्रमा पनि क्रियाशिल छन्।

अर्याल २०६८ सालमा औपचारिक रुपमा उप प्राध्यापक हुँदै त्रिवि सेवामा प्रवेश गरेका हुन्। त्यसअघि पनि त्रिभुवन तथा पूर्वाञ्चल विश्वविद्यालयमा उनले यही विषय अध्यापन गराउँदै आएका थिए।


प्रकाशित : शुक्रबार, असार १४ २०८११८:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend