सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

images
शुक्रबार, असार १४ २०८१
images
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

अध्यक्षका लागि ५ जना उम्मेद्‍वार छनौट भएपनि मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भइ प्रस्तुति दिएका थिए।

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको अर्थ मन्त्रालयले जनाएको छ।

images
images
images

माओवादीनिकट अध्यक्षका प्रत्याशीहरु नवराज अधिकारी, चिरञ्जीवी चापागाईं र नेप्सका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की अन्तर्वातामा नभएपछि अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरिएको हो। 

images
images

पहिलोपटक अन्तर्वार्ता बहिष्कार गरेका उनीहरुलाई दोस्रोपटक अन्तर्वार्तामा उपस्थिति हुनका लागि सूचना प्रकाशित गरेपनि दोस्रो पटक पनि अन्तर्वार्ता वहिष्कार गरेपछि अध्यक्ष सिफारिस समितिले प्रक्रिया रद्द गरेको हो। 

images
images

अध्यक्षका लागि ५ जना उम्मेद्‍वार छनौट भएपनि मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भइ प्रस्तुति दिएका थिए।सिफारिस समितिले बोर्डको अध्यक्षका लागि कम्तिमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ।

अन्तर्वार्ताका लागि दुई जनामात्रै उपस्थित भएपछि सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरेको थियो। महान्यायाधिवक्ताको कार्यालयले कानूनविपरीत जान नमिल्ने राय दिएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।


प्रकाशित : शुक्रबार, असार १४ २०८११६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend