सोमबार, असार २४ गते २०८१    
images
images
images

विराटनगर जुट मिल चलाउन भारतीय औद्योगिक घराना आदित्य बिर्ला ग्रुपले बुझायो लगानीको प्रस्ताव

२० देखि ३० अर्ब लगानी गर्ने, उत्पादन हुने सामग्री युरोपसम्म निर्यात गरिने

images
आइतबार, असार १६ २०८१
images
images
विराटनगर जुट मिल चलाउन भारतीय औद्योगिक घराना आदित्य बिर्ला ग्रुपले बुझायो लगानीको प्रस्ताव
images
images

काठमाडौं- भारतीय औद्योगिक घराना आदित्य बिर्ला ग्रुपले नेपालकै पहिलो उत्पादनमूलक उद्योग विराटनगर जुट मिल चलाउनका लागि प्रस्ताव पेश गरेको छ।

images
images
images

गत माघ २६ मा ग्रुपको प्राविधिक टोलीले उद्योगमा रहेका संरचनाको अवलोकन गरेर भारत फर्किएको थियो। अध्ययन गरेको पाँच महिनापछि उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीलाई प्रतिवेदन बुझाउँदै उद्योग चलाउने प्रस्ताव गरेको हो। 

images

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतको विशेष चासोमा बिर्ला समूह लगानी गर्नका लागि तयार भएको थियो। सोही कारण समूहको प्राविधिक टोली गत माघमा उद्योगको अध्ययन गर्न आएको थियो। अध्ययनको प्रतिवेदनसहित उद्योगमा २० देखि ३० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्तावसमेत गरेको छ। 

images
images

सरकारले रुग्ण उद्योग सञ्चालनका लागि विभिन्न मोडालिटी तयार पारेर दिने तयारी गरिरहेको बेला भारतीय बिर्ला ग्रुपले दिएको चासोले बन्द उद्योग पुनः सञ्चालन हुनेमा सरकारी अधिकारीहरू उत्साहित देखिएका छन्। 

images
images

भारतीय कम्पनीले लिजको मोडलमा बढी चासो दिएको छ। पहिलो चरणमा २५ वर्षका लागि ‘लिज’ मा दिएमा भारतीय बिर्ला ग्रुपले ३० अर्ब रुपैयाँ हाराहारी लगानी गरेर जुटका समाग्री भारतसहित एसिया र युरोपका देशमा निर्यातको योजना बनाएको छ। अहिले पनि उद्योगमा जग्गासहित १५ अर्ब रुपैयाँ हाराहारीको सम्पत्ति रहेको अनुमान गरिएको छ।

बेलाबेलामा बन्द हुँदै खुल्दै आएको मिल २०७० असोजदेखि पूर्णरुपमा बन्द छ। त्यसअघि भारतको औद्योगिक समूह विनसम इन्टरनेसनलले सरकारलाई वार्षिक १ करोड ३५ लाख रुपैयाँ बहाल तिर्ने सर्तमा २५ वर्षका लागि लिजमा लिइ सञ्चालन गरेको थियो। तर सरकारले सर्तअनुसार मिलमा विद्युतको ३३ केभीए प्रसारण लाइन जडान गर्न नदिएपछि विनसमले छाडेर गएको थियो।

जुट मिलको दैनिक ४५ टन उत्पादन गर्ने क्षमता छ। जुट सामग्री उत्पादन गर्दा ३ हजार ५ सयले रोजगारी पाएको उद्योग अहिले खन्डहर भएको दशकपछि पुनः सरकार तातिएको हो।

नेपालको पहिलो र सरकारी स्वामित्वमा रहेको विराटनगर जुट मिल्स नेपालको राजनीतिक आन्दोलनको इतिहाससँग पनि जोडिएको छ। जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो।

पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले राजनीतिक यात्रा यहीबाट सुरु गरेका थिए। ऐतिहासिक उद्योग भए पनि राजनीतिक हस्तक्षेप हुँदा पटक पटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ।  

जुट मिलको सेयरमा सरकारको दुई तिहाइभन्दा बढी हिस्सा रहेको छ। ६७ बिघामा फैलिएको छ। २०५२ सालअगाडि उद्योगले वार्षिक २८ करोड रुपैयाँ हाराहारीमा नाफा गर्दै आएको थियो। 

सन् २००२ मा मिल सञ्चालनको जिम्मा निजी क्षेत्रको गोल्छा अर्गनाइजेशनलाई दिइएको थियो। तर मजदूर आन्दोलन थेग्न नसकेर गोल्छाले पनि हात झिक्यो। बिस २०६२ सालदेखि २०७२ सम्म १० वर्षको अवधिमा मिल पूर्ण रुपमा बन्द भएको छ। 

आदित्य बिर्ला ग्रुपको ६५ अर्ब डलरको साम्राज्य

६५ अर्ब अमेरिकी डलरको विश्वव्यापी समूह बनेको बिर्ला ग्रुपमा ५ सयभन्दा बढी उद्योगहरू छन्। संसारभर १ लाख ८७ हजारभन्दा बढी कर्मचारीहरू कार्यरत छन्। सात दशकदेखि उद्योगमा संग्लन ग्रुप भारतमा ठूला औद्योगिक समूहमध्ये एक हो। 

स्टिलदेखि सिमेन्ट, फेसनदेखि वित्तीय क्षेत्र र कपडादेखि अन्य विभिन्न व्यापारसम्म विभिन्न क्षेत्रहरूमा बिर्ला ग्रुपको लगानी रहेको छ। उत्तर र दक्षिण अमेरिका, अफ्रिका, एसिया र युरोपका ४० भन्दा बढी देशहरूमा बिर्लाको लगानी रहेको छ। 

विराटनगर जुट मिल चलाउन भारतीय औद्योगिक घराना आदित्य बिर्ला ग्रुपको चासो, ३० अर्ब लगानी गर्ने विराटनगर जुट मिल चलाउन भारतीय औद्योगिक घराना आदित्य बिर्ला ग्रुपको चासो, ३० अर्ब लगानी गर्ने


प्रकाशित : आइतबार, असार १६ २०८१०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend