सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १४ २०८१
images
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएका छन्।

images
images

सुर्खेत- कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो।

images
images
images

दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा-पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए। उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए। 

images
images

यसैगरी मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ। रुकुमपश्चिमको मुसिकोट नगरपालिका-८ किटनीमा बिहीबार साँझ खसेको पहिराले बाटो अवरुद्ध भएको हो।

images
images

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको बताए। रासस


प्रकाशित : शुक्रबार, असार १४ २०८११०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend