काठमाडौं- मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड पुनरकर्जा स्वीकृत भएको छ।
विभिन्न बैंक तथा वित्तीय संस्था मार्फत् ९१ ऋणीले सो ऋण पाएका हुन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यसमास २ अर्ब ४५ करोड विशेष र ९ अर्ब ३८ करोड साधारण पुनरकर्जा स्वीकृत भएको छ।
कात्तिकसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ४७ प्रतितशत र सबैभन्दा न्यून सुदूरपश्चिम प्रदेशमा ०.८३ प्रतिशत ऋण स्वीकृत भएको छ भने कर्णाली प्रदेशको तथ्यांक समावेस छैन।