सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पथलैया-हेटौँडा सडक एक साताभित्र तयार हुँदै

images
बिहीबार , असार १३ २०८१
images
पथलैया-हेटौँडा सडक एक साताभित्र तयार हुँदै
फाइल तस्बिर

यो खण्डको सडकको प्रगति ८० प्रतिशत भइसकेको छ। गत माघ २२ गते सडक डिभिजन हेटौँडा र चौधरी निर्माण सेवाबीच सम्झौता भएको थियो।

images
images

वीरगञ्ज- पथलैया-हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दुरीको सडक एक साताभित्र तयार हुने भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक एक साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो। 

images
images
images

कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया-हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालबाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किमी खण्डमा नमुना सडकका रुपमा स्तरोन्नति गर्न लागेको बताए।

images
images

'यो खण्डमा अत्यधिक भारका सवारी सञ्चालन हुने भएकाले सडक धसिने समस्या देखिँदै आइरहेको छ। पहिलो चरणमा पथलैया-हेटौँडा खण्डको आधाभार क्षेत्रमा नमुना सडक स्तरोन्नति अगाडि बढाएका थियौँ', सूचना अधिकारी पाण्डले भने, 'अहिलेसम्म दुई लेनको एक हजार दुई सय मिटर सडक तयार भइसकेको छ। बाँकी आठ सय मिटर पहिलो चरणमा कालोपत्र (डीबीएम) भइसकेको छ। दोस्रो चरणको अस्फाल्ट कालोपत्र गर्ने काम दुई/तीन दिनभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।' उनले वर्षा सुरु भएर पानी पर्न थालेकाले पनि केही दिन काम प्रभावित भइरहेको बताए।

images
images

यो खण्डको सडकको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ। गत माघ २२ गते सडक डिभिजन हेटौँडा र चौधरी निर्माण सेवाबीच ठेक्का सम्झौता भएको थियो। यो आयोजनाको लागत चार करोड १२ लाख १७ हजार तीन सय ४८ रूपैयाँ रहेको छ।

ठेक्का सम्झौता अनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्तीका केही समय ढिला भएको सूचना अधिकारी पाण्डको भनाइ छ। उनले यो प्रविधिको कालोपत्र गर्दा सडक लामो समयसम्म दिगो र टिकाउ हुने दाबी गरे।

'हामीले परीक्षणको क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गर्दैछौँ। यो सडक कालोपत्र राम्रो भएको खण्डमा अन्य ठाउँमा पनि विस्तार गर्ने योजना छ', सूचना अधिकारी पाण्डले भने, 'यो खण्डको सडक पहिलो चरणमा डिबिएम कालोपत्र र दोस्रो चरणमा अस्फास्ट कालोपत्र गरिनेछ। यो प्रविधिले सडक धासिने समस्याको पनि अन्त्य गर्ने विश्वास गरेका छौँ।' रासस


प्रकाशित : बिहीबार , असार १३ २०८११४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend