सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

चार करोड लागतको डीपीआर तयार गरी रामप्रसादमा थालियो पाहुनाघर र सहिद उद्यान निर्माण

images
बिहीबार , असार १३ २०८१
images
चार करोड लागतको डीपीआर तयार गरी रामप्रसादमा थालियो पाहुनाघर र सहिद उद्यान निर्माण

गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकाससँगै आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचनासमेत गर्न निर्माण थालेपछि स्थानीय उत्साहित छन्।

images
images

भोजपुर- भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ पदमार्गसँगै यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालेको छ।

images
images
images

करिब चार करोड रूपैयाँ लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको हो। अहिले ९८ लाख रूपैयाँ लागतमा यहाँ दुई पाहुनाघर, एक सम्पर्क केन्द्र र सभाहल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिए।

images
images

त्यससँगै यहाँ सहिद उद्यान र विश्रामस्थल निर्माण गरिने उनले बताए। कामलाई गुणस्तरीय ढंगले समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिररहेको प्रशासकीय अधिकृत पोखरेलले बताए।

images
images

'पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ', प्रशासकीय अधिकृत पोखरेलले भने, 'अहिले यहाँ ९८ लाख रूपैयाँमा बोलपत्र आह्वान गरेर पाहुनाघर भइरहेको काम अन्तिम चरणमा पुगेको छ।'

यहाँ नागछागा, गोल्मेराजा गोल्मेरानी भिर, धार्मिक क्षेत्र गंगा खोलालगायत ऐतिहासिक क्षेत्र छन्। गाउँपालिकाले यहाँ सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न डाग्बुङ पदमार्ग निर्माण गरिरहेको छ।

गाउँपालिका क्षेत्रका पर्यटकलाई लक्षित गरेर वैकुण्ठमा पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। डाग्बुङ पदमार्गसँगै यहाँका मुख्य पर्यटकीय क्षेत्रलाई समेटेर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले जानकारी दिए। पाहुनाघर तथा सहिद उद्यान निर्माणले यहाँ आउने पर्यटकलाई सहजता थप्ने उनी बताउँछन्।

गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकाससँगै आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचनासमेत गर्न निर्माण थालेपछि स्थानीयवासी उत्साहित भएका छन्। पर्यटनको योजनाबद्ध विकास गरेर आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्न सकिने स्थानीय नवीन राईले बताए। पर्यटकको आवगमनलाई सुरक्षित र सहज बासका लागि पाहुनाघर र सहिद उद्यान निर्माणले स्थानीयमा उत्साह थपिएको उनले बताए।

'गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा गरिरहेको कामले स्थानीयमा उत्साह बढेको छ', उनले भने, 'यहाँ धेरै ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र रहेकाले यसको विकास गरेर दिगो आम्दानीको स्रोत बनाउन सक्ने सम्भावना छ। गाउँपालिकाले गरिरहेको कामले हामीमा खुसी थपेको छ।'

संघ सरकारको विषेश अनुदान र गाउँपालिकाको साझेदारीमा निर्माणको काम भइरहेको छ। विस्तृत परियोजा प्रतिवेदन (डीपीआर) अनुसारका थप संरचना निर्माणसँगै कामलाई निरन्तरता दिन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि एक करोड रूपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार १३ २०८११४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend