मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

धुलिखेलका एक हजार ६ सयलाई सीपमूलक तालिम

images
बिहीबार , असार १३ २०८१
images
धुलिखेलका एक हजार ६ सयलाई सीपमूलक तालिम

दुई वर्षको अवधिमा सशक्तिकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ।

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा एक हजार छ सयलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको छ। युवालगायतका परिषद् गठन गरी दुई वर्षको अवधिमा सशक्तिकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ।

images
images
images

नगरबासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिकरुपले सशक्त बनाइ आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो। विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिइ दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको नगर प्रमुख अशोक ब्याञ्जूले बताए।

images
images

'सीप सिकेर उद्यम गर्छु भन्नेका लागि उद्यमशीलतासहितको सहुलियत र अनुदानमा पुँजी र प्रविधि उपलब्ध गराएका छौँ, बेरोजगारी न्यूनीकरण गरी रोजगारी दिलाउन तथा आफै उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने हाम्रो अभियान निरन्तर जारी छ', उनले भने। 

images
images

नगर प्रमुख ब्याञ्जूका अनुसार उद्यमशीलतासहितको सीपमूलका तालिम र सशक्तिकरणले नगरवासी सचेत र आत्मनिर्भर बन्ने विश्वास लिइएको छ। हाल नगरको युवा परिषद्‌द्वारा आयोजित ड्राइभिङ, बेकरी तथा मोबाइल मर्मतसम्बन्धी एक सय ६० घण्टे तालिम सकिएको छ।

नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अपिल गर्दै आएको छ। युवा परिषद्‌मार्फत चालु आर्थिक वर्षमा पनि करिब दुई सय युवालाई बेकरी, मोबाइल मर्मत र ड्राइभिङसम्बन्धी तालिम प्रदान गरिएको छ। परिषद् उपाध्यक्ष सिबी तामाङले विशेषगरी युवा वर्गलाई सशक्तिकरण र सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने उद्देश्यले फरक-फरक तालिम आयोजना गरेको बताए।

'नगरका तालिमले स्वदेशमा उद्यम गर्न चाहने तथा विदेशमा जान चाहनेका लागि सहज र सरल हुने गरेको छ', उनले भने। उनका अनुसार आधारभूत तालिमपछि एड्भान्स तालिमको पनि तयारी गरिएको छ।

यसैबीच जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लघुउद्यमका लागि ८० जना नयाँ उद्यमी जनशक्ति तयार पारेको छ। नगरको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो।

कार्यक्रमअन्तर्गत नगरले विभिन्न समयमा सिलाइ-कटाइ, गलैँचा बुनाइ, ब्यूटिसियन र मोटरसाइकल वर्कशपको एक/एक महिना तालिम प्रदान गरेको थियो। त्यसैगरी, बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच/पाँच दिनको तालिम सञ्चालन गरिएको थियो। ४० महिलाका लागि एड्भान्स सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको जनाइएको छ।

'सीपमूलक तालिमप्राप्त स्थानीयले स्वरोजगार हुनुभएको छ, नगरमा नयाँ उद्यमी थपिएकोमा खुसी छौँ', नगरप्रमुख टोकबहादुर वाईबाले भने। उनले एक महिनाको सिलाइकटाइ तालिम पूरा गरेकालाई थप दुई महिनाको एड्भान्स तालिम दिने तयारी भएको बताए।

यस्तै सिलाइकटाइ, गलैँचा बुनाइ र ब्यूटिसियन तालिममा महिला मात्र सहभागी थिए। नगरले एड्भान्स तालिमको व्यवस्थापन गर्नेछ भने मेसिन खरिदमा साझेदारी गर्ने जनाएको छ। नगरले अब लघुउद्यम कार्यक्रमर्फत समाजमा पछिपरेका वर्ग र समुदायलाई पहिलो प्राथमिकताका दिइने जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार १३ २०८११३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend